सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ


काठमाडौँ ।

 सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शपथ लिएलगत्तै शाहले सरकारलाई समेत पूर्णता दिएका छन् । उनले एमालेका ३, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई मन्त्री तथा कांग्रेसका २ र एमालेका १ सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन् । कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । 

शाह संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।