१२ लाख ३३ हजार बराबरको अवैध प्याज र मोबाइलको डिस्प्लेसहित ट्रक नियन्त्रणमा


काठमाडौँ ।

जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख ३३ हजार बराबरको अवैध प्याज र मोबाइलको डिस्प्ले नियन्त्रणमा लिएको छ। विभिन्न  इकाई कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले  गाडीहरू रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी  समानको स्रोत खुलाउन नसकेकाले १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको समानसहित गाडीहरु नियन्त्रणमा लिइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। 

उनका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरगंजबाट नारायणघढ तर्फ जाँदै गरेको बा ३ ख ४९८६  नम्बरको यात्रुवाहक बसबाट  ७,३३,५००/- रूपैया बराबरको बिभिन्न किसिमका मोबाइलको डिस्प्ले ४८९ थान  नियन्त्रणमा लिएको छ। 

त्यस्तै प्रहरी चौकी पथलैयाले  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा रौतहट बाट कास्की तर्फ जाँदै गरेको प्र.२-०३-००१ ख ०९५६ नम्बरको ट्रकबाट ५,००,०००/- रूपैया बराबरको  (एक ट्रक) प्याज नियन्त्रणमा लिएको छ। 

आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको प्रहरीको भनाइ छ।