एमालेमा फर्किए एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव


काठमाडौं ।

मधेस प्रदेशका पूर्वराज्यमन्त्री नागेन्द्र राय यादव नेकपा एमालेमा फर्किएका छन् । रौतहट जिल्लाका एकीकृत समाजवादीका नेता यादव आइतबार पुरानो पार्टी नेकपा एमालेमा फर्किएका हुन्।

यादवलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताले पार्टीमा स्वगत गरे।  यादव सहितका रौतहटका एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् ।

उनीहरू पार्टी विभाजित हुँदा नेकपा एमाले छाडेर माधव नेपालले नेतृत्व गरेको एककृत समाजवादीमा लागेका थिए।