विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

2.1k
Shares

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्रीस्तरको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका– २ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका –७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।

उनीहरुलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्ताहरु मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो । नवनियुक्त कार्की पूर्व उर्जा मन्त्रालयका सचिव तथा गुरुङ विद्युत विकास विभागका पूर्व महानिर्देशक हुन् ।