यो वर्ष  राष्ट्रिय भेला, अर्को वर्ष महाधिवेशन गर्ने रास्वपा ‘क्लोज क्याम्प’को निष्कर्ष


काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ ।

शुक्रबार र शनिबार भएको क्लोज क्याम्पले आउँदो असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गरी राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा गर्न सुझाव दिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।