केवलकार टप स्टेसनबाट खसेर एक मजदुरको मृत्यु


नवलपरासी ।

जिल्लामा संचालित मौलाकाली केवलकारको निर्माणाधिन टप स्टेसनको चौंथो तल्लाबाट खसेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला बारा जितपुर सिमरा उप महानगर पालिका २० इनरवा बसडिलुवा घर भएका २५ वर्षीय गोरख राउत कुर्मी रहेको जिप्रका नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त निर्माणाधिन टप स्टेसन भवनको ४० फिट अग्लो भवनबाट टायलको काम गर्ने मजदुर खसेर मृत्यु भएको सुपरभाइजर सुसन तामाङ्गले जानकारी दिए लगतै अस्थायी प्रहरी पोष्ट मौलाकालीको टोली घटना स्थल पुगेको थियो ।

प्रहरीले शवको स्थलगत मुचुल्का तयार गरि पोष्टमार्टमका लागि चितवनको भरतपुर पठाएर घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।