अरिङ्गालले टोकेर युवकको मृत्यु


काठमाडौँ।

गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ ।रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर शुक्रबार मृत्यु भएको हो ।

बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको जिल्ला प्रहरी कार्यालयगुल्मीले जनाएको छ ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको हो।