रातो मच्छिन्द्रनाथको भोटो २० गते देखाइने, उपत्यकामा सार्वजनिक बिदा


ललितपुर ।
रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो देखाउने जात्रा यही श्रावण २० गते आइतबार हुने भएको छ। सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलको इटिटोलबाट जावलाखेल पुर्‍याइएकाले आइतबार भोटो देखाइने गुठी संस्थानका ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिनुभयो ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि भोटो देखाउने परम्परा रहेको छ। सो दिन राष्ट्रप्रमुख, कार्यकारी प्रमुखको उपस्थितिमा भोट देखाउने भएकाले सार्वजनिक बिदा दिने चलन छ। आइतबारको बिदाका लागि आज शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बुझिएको छ।

ज्योतिषीहरूले निकालेको साइतअनुसार हिजो रथ तानिएको थियो। रथ तान्नका लागि उपत्यकासहित कीर्तिपुरसहित सात गाउँको विशेष उपस्थिति रहेको छ।