सवारी दर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ कीर्तिपुरस्थित सडकमा लु.८१ प १४०८ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ शान्तिटोल बस्ने ४५ वर्षीय अम्बिका श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-३ लच्कास्थित सडकमा २ वटा साइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-५ देउरी बस्ने २५ वर्षीय विनोद बिष्टको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुर हुँदै न्यूरो अस्पताल बिराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । अर्का साइकलयात्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।