६४ लाखभन्दा बढीको अवैध समानसहित २ वटा ट्रक  प्रहरीको नियन्त्रणमा


काठमाडौँ।  

बारा प्रहरीले  ६४ लाखभन्दा बढीको अवैध समानसहित २ वटा ट्रक नियन्त्रण लिएको छ। 

विशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट  खटिएको प्रहरी टोलीले  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकी चेज जाँच गर्ने क्रममा  सपोटीङ बिल नभएको र समानको स्रोत खुलाउन नसकेको ६४ लाख ५८ हजार २ सय ७४ रूपैया बराबरको  इलेक्ट्रोनिक गुड, लिष्टिक र वाईरिङको सामानहरुसहित  ट्रक नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएका समान तथा ट्रक  आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया  पठाइएको प्रहरीले जनाएको छ।