काभा महिला भलिबल नेसन्स लिग आजदेखि 


काठमाडौं ।

काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ। उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका बीचको खेल दिउसो ३: १५ बजे सुरु हुनेछ। बिहीबार नै भारत र इरान पनि ५: ४५ बजेदेखि खेल्दै छन्।

नेपाल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन्। बुधबार भएको प्रि-म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन्। मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो।

श्रीलङ्काले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ। नेपालले पछिल्लो पटक सन २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलङ्कालाई पाँच सेटमा हराएको थियो । लिगमा मालदिभ्स पनि सहभागी छ।  मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ।