ओलम्पिकका सर्वाधिक ‘गोल्ड मेडलिस्ट’

406
Shares

काठमाडौं ।

कसैलाई ओलम्पिकसम्म पुग्नु नै “परिको कथा” जस्तो लाग्छ भने कसैलाई ओलम्पिकमा एकपटक मात्र होइन पटक–पटक गोल्ड मेडल जितेर इतिहास रच्ने सुअवसर समेत मिल्छ । त्यस्तै, सर्वाधिक गोल्ड मेडल जित्ने पाँच जना ओलम्पियनहरुको नाम लिनुपर्दा अमेरिकाका तीन खेलाडी माइकल फेल्प्स, मार्क स्पिट्ज र कार्ल लुइस, तत्कालीन सोभियत संघकी लारिसा लाटिनिना तथा फिनल्यान्डका पाभो नुर्मी अग्रपंक्तिमा आउँछन् ।

माइकल फेल्प्स (स्विमिङ)
—माइकल फेल्प्सले जितेको २८ ओलम्पिक मेडलमध्ये २३ वटा त गोल्ड मेडल नै छन् । उनले ती २३ ओलम्पिक गोल्ड मेडल चार ओलम्पिक गेम्समा जितेका थिए । उनी ओलम्पिक इतिहासमा अहिलेसम्मकै सर्वाधिक गोल्ड मेडल जित्ने एकमात्र खेलाडी हुन् ।
—उनले २००४ मा ग्रीसमा भएको एथेन्स ओलम्पिकमा ६ गोल्ड मेडल जितेका थिए । उनले १०० र २०० मिटर बटरफ्लाई, २०० र ४०० मिटर इन्डिभिजुली मेडली, ४०० र ८०० मिटर फ्रीस्टाइल रिलेमा गरी ६ स्वर्ण जितेका थिए।
—फेल्प्सले २००८ मा चीनमा भएको बेइजिंग ओलम्पिकमा ८ गोल्ड मेडल जितेका थिए । जुन एकै ओलम्पिकमा एक खेलाडीले जितेका सर्वाधिक गोल्ड मेडलको रेकर्ड समेत बनेको थियो । उनले १०० र २०० मिटर बटरफ्लाई, २०० मिटर फ्रीस्टाइल, २०० र ४०० सय मीटर इन्डिभिजुली मेडली, ४०० र ८०० मिटर फ्रीस्टाइल रिले तथा ४०० मिटर मेडली रिलेमा गोल्ड जितेका थिए ।
—२०१२ मा ग्रेट ब्रिटेनमा भएको लण्डन ओलम्पिकमा फेल्प्सले ४ गोल्ड मेडल जितेका थिए । उनले १०० मिटर बटरफ्लाई, २०० मिटर इन्डिभिजुली मेडली तथा ४०० र ८०० मिटर फ्रीस्टाइल रिलेमा गोल्ड जितेका थिए ।
–ब्राजिलमा भएको २०१६ रियो ओलम्पिकमा ५ गोल्ड मेडल जितेका थिए । उनले १०० र २०० मिटर बटरफ्लाई, २०० मिटर इन्डिभिजुली मेडली,,४०० मिटर फ्रीस्टाइल रिले तथा ४०० मिटर मेडली रिलेमा गरी आफ्नो गोल्ड मेडलको संख्या २३ मा पुर्‍याएका थिए ।

लारिसा लाटिनिना (जिम्नास्ट)
—लारिसा लाटिनिना तत्कालीन सोभियत संघकी जिम्नास्ट हुन। उनले ओलम्पिकमा ९ गोल्ड जितेकी थिइन। उनले सन् १९५६ मा अस्ट्रेलियामा भएको मेलबर्न ओलम्पिकमा ४ गोल्ड जितेकी थिइन्। उनले टिम अलराउण्ड, फ्लोर एक्सर्साइज, भल्ट र इन्डिभिजुएल अलराउण्डमा गोल्ड जितेकी थिइन्।
—उनले १९६० मा इटालीमा भएको रोम ओलम्पिकमा ३ गोल्ड जितेकी थिइन् । उनले टिम अलराउण्ड, फ्लोर एक्सर्साइज, ब्यालेन्स बीम, व्यक्तिगत अलराउण्डमा गोल्ड जितेकी थिइन् ।
—उनले १९६४ मा जापानमा भएको टोकियो ओलम्पिकमा थप २ गोल्ड जितेर आफ्नो ओलम्पिक गोल्डसंख्या ९ मा पु¥याएकी थिइन् । उनले टिम अलराउण्ड एक गोल्ड जितेकी थिइन् । लारिसा लाटिनिनाले ९ गोल्ड मेडल जित्नुका साथै ५ सिल्भर तथा ४ ब्रन्ज मेडल पनि जोडेकी थिइन् ।

पाभो नुर्मी (रनर)
—पाभो नुर्मी फिनल्याण्डका एक मध्यम–दूरी र लामो दूरीका रनर हुन् । उनले विभिन्न ओलम्पिकमा गरी कुल ९ गोल्ड मेडल जितेका थिए ।
—उनले १९२० मा बेल्जियमको अन्तवर्प ओलम्पिकमा ३ गोल्ड जितेका थिए । त्यतिखेर उनले १५००, ५००० र टीम १०००० मिटर दौडमा गोल्ड जितेका थिए ।
—उनले १९२४ मा फ्रान्समा भएको पेरिस ओलम्पिकमा ५ गोल्ड जितेका थिए । उनले १५००, ५००० र टीम १०००० मिटर, स्टीपलचेसतर्फ १०००० र ३००० मिटरमा गोल्ड जितेका थिए ।

मार्क स्पिट्ज (स्विमिङ)
अमेरिकन स्विमर मार्क स्पिट्जले आफ्नो ओलम्पिक करियरमा ९ गोल्ड मेडल जितेका थिए । उनले १९६४ मा जापानमा भएको टोकियो ओलम्पिकमा कुनै स्वर्ण पदक जितेका थिएनन् । स्पिट्जले १९६८ मा मेक्सिकोमा भएको ओलम्पिकमा २ गोल्ड जित्न सफल भए । उनले १०० र २०० मिटर बटरफ्लाईमा गोल्ड जितेका थिए ।
— १९७२ मा पश्चिम जर्मनीमा भएको म्युनिख ओलम्पिकमा उनले ७ गोल्ड मेडल जितेका थिए । त्यतिबेला उनले एकै ओलम्पिकमा सबैभन्दा बढी गोल्ड मेडल जित्ने रेकर्ड राखेका थिए । उनले १०० र २०० मिटर फ्रीस्टाइल, १०० र २०० मिटर बटरफ्लाई, ४०० र ८०० मिटर फ्रीस्टाइल रिले, ४०० मिटर मेडली रिलेमा गोल्ड मेडल जितेका थिए ।

कार्ल लुइस (स्प्रिन्टर)
–छोटो दुरीका स्प्रिन्टर कार्ल लुइसले आफ्नो ओलम्पिक करियरमा ९ गोल्ड मेडल जितेका थिए । उनले अमेरिकामै भएको १९८४ लस एन्जेल्स ओलम्पिकमा ४ गोल्ड जितेका थिए । उनले १०० र २०० मिटर, ४०० मिटर फ्रीस्टाइल रिले र लँग जम्पमा गोल्ड मेडल जितेका थिए ।
— १९८८ मा दक्षिण कोरिया भएको सोल्टलेक सिटी ओलम्पिकमा उनले २ गोल्ड मेडल जितेका थिए । उनले १०० र ४०० मिटर फ्रीस्टाइल रिलेमा गोल्ड जितेका थिए ।
–उनले स्पेनमा भएको १९९२ बार्सिलोना ओलम्पिकमा २ गोल्ड मेडल जितेका थिए । उनले ४०० मिटर फ्रीस्टाइल रिले र लँग जम्पमा गोल्ड जितेका थिए ।
—अमेरिकामै भएको १९९६ एटलान्टा ओलम्पिकमा २ गोल्ड मेडल जितेका थिए । उनले ४०० मीटर फ्रीस्टाइल रिले र लँग जम्पमा गोल्ड मेडल जितेका थिए । कार्ल लुइसको ओलम्पिक करियरले उनलाई दौड र लँग जम्पका लागि महान बनाएको छ ।