टीआरसी विधेयकमा सहमति खोज्न दलहरु आज पनि छलफलमा


काठमाडौं ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)  विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसहित सम्मिलित बैठक केही बेर अघि सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन्। त्यसका साथै बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी लगायतको सहभागिता रहेको छ । यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएका थिए ।

आजको बैठकमा पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागी रहेको छ । बैठकमा विधेयक सम्बन्धी सहमति जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ ।