सुनचाँदीको मूल्य घट्याे, प्रतिताेला कति पुग्यो ?

4.2k
Shares

काठमाडौं ।

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।