नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।

सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरि प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । 

यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।