सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच?


काठमाडौँ ।

साताको कारोबारको पहिलो दिन  आइतबार नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ ।

आज  सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मूल्य  तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो ।  

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।