काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई दिने डलर सटहीको सुविधालाई सहजीकरण गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले राहदानी वापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने भएको छ ।
हालसम्म वर्षमा दुई पटकसम्मको लागि राष्ट्र बैंकले विदेश जानेका लागि दिने डलर सटहीको सुविधा एक पटकमा २५ सय डलर दिँदै आएको थियो ।
अब यो व्यवस्थालाई थप सहजीकरण गर्ने भएको पनि राष्ट्र बैंकले जारी गरेको चालु आव २०८१/८२ को मौद्रिक नीतिमा उल्लेख छ ।
प्रतिक्रिया