रहेनन् लोक गायक एलपी जोशी


काठमाडौं ।

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको हो। उनी लामो समयदेखि मधुमेहका बिरामी थिए।

उनका ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ सहितका लोक गीत निकै चर्चित छन्। जोशीको आजै झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।