रोविन रिहाना जसको नाममा देशभर उत्सव मनाइन्छ


रोबिन रिहाना फेन्टी २१ औं शदाब्दीका चर्चित गीतकार एवंम् गायिका हुन्। सन् १९८८ मा उत्तरअमेरीकी देश बार्बाडोसको सेन्ट माइकलमा जन्मिएकी रिहाना राजधानी बि्रजटाउनमा हुर्किएकी थिइन्।

सन् २००५ देखि सांगीतिक करिअर शुरू गरेकी रिहानाको म्युजिक अफ द सन, अ गर्ल लाइक मी, गुड गर्ल गोन ब्याडजस्ता गीत विश्वभर चर्चित छन्। हाल दुई सन्तानकी आमा रहेकी रिहानाबारे केही रोचक तथ्य :

रिहानाले १५ वर्षको उमेरमै गायन शो जितेकी थिइन्। १६ वर्षको उमेरमै विद्यालयमा भएको ब्युटी पेजेन्ट जितेकी थिइन्।
उनले सन् २००३ मा आफ्ना दुई केटी साथीसँग मिलेर बार्बाडोसमा ब्यान्ड गठन गरेकी थिइन्। रिहानाको पहिलो एल्बम म्युजिक अफ द सन अगस्ट २००५ मा रिलिज भएको थियो। जुन बिलबोर्डको उत्कृष्ट दुई सय चार्टको १० नम्बरमा पुग्यो र विश्वव्यापीरूपमा दुई मिलियनभन्दा बढी प्रति बिक्री भएको थियो।

सन् २००६ बाट शरीरमा ट्याटु बनाउन थालेकी रिहानाको शरीरमा हालसम्म २५ भन्दा बढी ट्याटु छन्।
सन् २००६ मा रिहानाले बिलिभ फाउन्डेसन खोलेकी थिइन्। जुन गम्भीररूपमा बिरामी भएका बच्चालाई उपचारमा मद्दत गर्न खोलिएको थियो। सन् २००८ मा बार्बोडसका पूर्वराष्ट्रपतिले रिहाना डेको घोषणा गरेका थिए। जुन बार्बोडसमा हरेक वर्ष २२ फेब्रुअरीका दिन मनाइन्छ।

उनले आफ्नो कस्मेटिक ब्रान्ड फेन्टी ब्युटी सञ्चालन गर्दै आएकी छन्। लभीएमएचसँगको सहकार्यमा कस्मेटिक्स ब्रान्ड फेन्टी ब्युटी र साभेज एक्स फेन्टी लिंगेरीमा पनि उनको सेयर रहेको छ। र्फोब्र्सको सन् २०२३ को लिस्टअनुसार उनी सेल्फ मेड महिला अर्बपतिको सूचीमा २०औं स्थानमा छिन्। उनको कुल सम्पति १४ बिलियन डलर रहेको छ।

उनीसँग ९ वटा ग्रामी अवार्ड, १३ वटा अमेरिकन म्युजिक अवार्ड, १२ वटा बिलबोर्ड म्युजिक अवार्ड र ६ वटा गिनिज वल्र्ड रेकर्ड रहेका छन्। उनका प्रेमी असप रक्कीको साथ दुई बच्चा भए पनि उनले हालसम्म विवाह भने गरेकी छैनन्।