सलमान खान विवादको अर्को नाम


बलिउडका दबंग सलमान खानको जन्म सन् १९६५ मा भारतको इन्दौरमा भएको हो। उनी हरेक उमेरका दर्शकका साथ परिचित र प्यारा छन्। ५८ वर्षको उमेरसम्म पनि अविवाहित रहेका कारण पनि उनी चर्चामा रहन्छन्।

उनी खासमा अभिनेता नभई निर्देशक बन्न चाहन्थे । उनको सुन्दर रूपका कारण मानिस उनी हिरोको रूपमा अभिनय गरेको हेर्न चाहन्थे। सन् १९८८ मा सलमानले सहायक अनिनेता भएर फिल्म बिबी हो तो ऐसीमा अभिनय गरेका थिए। फारुख शेख र रेखाजस्ता दमदार कलाकारको अभिनय रहेको सो फिल्ममा मानिसहरू सलमानप्रति आकर्षित भएका थिए। बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेतामध्येका शीर्ष उनै सलमानबारे केही रोचक कहानी:

सलमानलाई प्रेम नामसँग निकै लगाव छ । कम्तीमा १५ फिल्ममा सलमानको क्यारेक्टरको नाम प्रेम रहेको छ। जसमा मैने प्यार किया, अन्दाज अपना अपना, हम आपके हे कौन, जुडवा, हम साथ साथ हे र अन्य धेरै फिल्म समावेश छन् । सलमान अभिनेताको साथै एक चित्रकार र लेखकसमेत हुन् । उनी फुर्सदमा निकै सुन्दर चित्र बनाउँछन् । उनले केही फिल्मको कथा लेख्नुका साथै पोस्टरसमेत डिजाइन गरेका छन् । उनको पहिलो कमाइ ७५ रुपियाँ थियो । उनले सो पैसा ग्रुप डान्समा पछाडि डान्स गरेबापत पाएका थिए।

सलमान निकै नै परोपकारी कार्य गर्छन्। उनले सामाजिक कामका लागि बिइङ ह्युमननामक संस्था खोलेका छन्। सो संस्थामार्फत् उनी सामाजिक कार्य गर्छन्। सलमान आफ्ना साथीभाइलाई निकै महंगो उपहार दिने गर्दछन्। फिल्म दबंग २ को आइटम गीतमा अभिनेत्री कट्रिना कैफले पैसा लिएकी थिइनन्। त्यस कारण उनले कटि्रनालाई बीएम डब्ल्यू कार उपहार दिएका थिए ।

सलमानलाई ट्राइजेमिनल न्यूरलजिया नामको रोग छ, जसमा अनुहारको नसामा धेरै दुखाइ हुन्छ। यसलाई सुसाइड डिजिज पनि भनिन्छ । विवादसँग सलमानको लामो नाता छ । सन् २००२ मा फुटपाथमा सुतिरहेका चार व्यकि्तलाई सलमानको कारले किचेको थियो। जसमध्ये एकजनाको मृत्यु भएको थियो। त्यस्तै, राजस्थानमा हरिण मारेको मामलामा उनी जेलसमेत परेका थिए।
अविवाहित भए पनि सलमान प्रेमको मामलामा भने अगाडि छन्। फिल्म जम्नुभन्दा अगाडि सलमानको प्रेम संगीता बिजलानीका साथ थियो। त्यसपछि उनको सोमी अली, ऐश्वर्य राय, करिना कपूर, कटि्रना कैफ हुँदै रोमनियन मोडल लुलिया भन्तुरका साथ प्रेम रहेको थियो।

सलमान खानको कुनै पनि फिल्म दर्शकले मजासँग परिवारका साथ हेर्न सक्छन्। किनकि उनको फिल्ममा कुनै प्रकारको कामुक दृश्य या चुम्बनको दृश्य हुँदैनन्। उनले फिल्म मेने प्यार कियामा भाग्यश्रीका साथ चुम्बन गरेका थिए त्यो पनि बीचमा सिसा राखेर त्यसपछि उनले कहिल्यै पनि चुम्बनको दृश्य दिएनन्।आफ्ना दर्शकलाई लकि्षत गर्र्दै उनले आफूमा नो किसिङ नियम लागू गरे।

अभिनेत्री तथा पूर्वप्रेमिका ऐश्वर्या रायले सलमानले आफूमाथि हातपात गरेको आरोपसमेत लगाएकी थिइन्। सलमानले भने सो आरोप अस्वीकार गरेका थिए। उनले भनेका थिए, एक महिलाले मलाई यस्तो आरोप लगाएकी छन्, तर साच्चै मैले हात हालेको भए सायद उनी जीवित रहने थिइनन्। किनभने मेरो मुड्की कति बलियो छ त दुनियाँलाई थाहा छ।

अभिनेता रणवीर कपुर फिल्म क्षेत्रमा आउनुभन्दा पहिले नै सलमान र रणवीरबीच एक नाइट क्लबमा झगडा भएको थियो। त्यसबेला सलमानले रणवीरलाई चिन्दैनथे। सलमानले रणवीरको गालामा झापड हानेका थिए। अर्को दिन आफ्ना पिता सलिमले भनेपछि सलमानले ऋषि कपुरको घर गएर रणवीरसँग माफी मागेका थिए।

सलमान खानलाई एक अवार्ड समारोहमा सोधिएको थियो कि तपाईको जीवनको सबैभन्दा यादगार पल कुन हो ? सलमानले भनेका थिए, …धेरै पहिले जुनबेला मसँग पैसा हुदैनथ्यो, त्योबेला म सुनील शेट्टीको कपडा पसलमा गएको थिएँ । त्यहाँ धेरै महंगा कपडा थिए। म मुसि्कलले एउटा सर्ट वा जीन्सबाहेक अरू केही किन्न सकि्दनथेँ। सुनीलले मलाई स्टोन वास सर्ट उपहार दिए। उनले मेलै एउटा पर्समा आँखा लगाएको देखेपछि आफ्नो घरमा लगेर आफूसँग भएको पर्स दिएका थिए। यति भनिरहँदा सलमानको आँखा आँसुले भरिएको थियो ।