रुबीभ्यालीमा बाढी र पहिरोले ४ पुल बगायो, लापाजाने बाटो बन्द

जोखिम बस्तीमा घर छाड्न नमान्दा पहिरोले पुर्ने डर

1.3k
Shares

धादिङ ।

उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्याएको छ।  तर, स्थानीय सरकारका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत गाउँमा  नहुँदा पीडित नागरिकले साधारण राहत समेत पाउन सकेका छैनन् ।

रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र ६ का ४ वटा पुल बगाएपछि धेरै गाउँको आवत जावत बन्द भएको छ । वर्षको कारण खोला बढेका कारण विद्यालय जानुपर्ने बालबालिकासमेत विद्यालय जान पाएका छैनन् ।

रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित तिनचेत नेसुङ खोलामा रहेको ढलान पुल बाडीले बगाएपछि तिनचेत, चपाङचेत, छुम्राङ, तेनचेत आदी स्थानसंग सम्पर्क विच्छेद भएको छ ।

रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने राखोला काठेपुल, गल्दी खादिङको ट्रस पुल, थुवाखोला ट्रस पुल वर्षपछिको खोलाले बगाएपछि विद्यार्थीहरु समेत आवतजावत बन्द भएको लापाका स्थानीयबासी जिवन तामाङले नेपाल समाचारपत्रलाई बताए।

ठूलो गाउँमा एसईई  दिने विद्यार्थी ट्युसन पढाउने भएपनि पुल बगाएपछि विद्यार्थीहरु ट्युसन पढाउने ठाउँसम्म आवतजावत गर्न पाएका छैनन् ।

१० दिनदेखिको लगातार वर्षले रुबीभ्यालीको धेरै गाउँ क्षतविक्षत बनाएको भएपनि स्थानीय सरकारका प्रतिनिधिले बेवास्ता गरेको स्थानीयबासीको आरोप छ ।

बोराङबाट लापा जान नसकिनेगरि आँखु खोला लगायतको खोलाले खोला छेउको बाटो भत्काएपछि गाउँबासी गाउँ जानसमकेत पाएका छैनन् । लापा ठूलो गाउँ, कपुर गाउँ, खादिङ लगायतको लापा क्षेत्रमा खाद्यान्न समेत लान नसकिनेगरि बाटो खोलाले बगाएर सम्पर्क विच्छेद भएको र जोखिम उठाएर नागरिकहरु आउजाउ गरिरहेको लापाका घनबहादुर तामाङले बताए।

गाउँपालिका कर्मचारी भएको गाउँमा भएको क्षतिको जानकारी लिएर घनबहादुर तामाङ पालिका कार्यालय पुगेका छन्  । भत्किएको एक वटा काठेपुल स्थानीयबासीले कामचलाउ मर्मत गरेर बनाएपनि जोखिम भने कम नभएको लापाबासीको भनाइ छ।

वर्षका कारण पहिरोले गर्दा धेरैजसो गाउँ जोखिममा परेको छ । लापाको तायुम, ब्रमदाङको १० घर, नेवेरको ५६ घरमध्ये ४२ घर, हिन्दुङको १ सय २० घर, रावा अवोइको १२ घर पहिरोको उच्च जोखिममा छ । गाउँमा पहिरो आएको छ तर सुरक्षित बस्नुपर्ने भएपनि गाउँबासी जोखिमको घरमा बसि रहेका छन् । अवोइको ३ घर भने हाल घर छाडेर त्रिपालमुनी बसिरहेका छन् ।

सरकारले जोखिम बस्ती भनेर घडेरी किन्ने पैसा दिएको भएपनि वडा नम्बर ५ को तेनचेतको ४२ घर, तिनचेतको ६८ घर, चपाङचेतको ३५ घर, छुमराङको ३६ घरका केही नागरिक अझै पहिरो आइरहेको भएपनि सोही जोखिम स्थानमा बसीरहेका छन् । केही नागरिक भने नीलकण्ठ नगरपालिका क्षेत्रमा घडेरी किनेर बसिरहेका छन् ।

उनिहरुका लागि सरकारले घडेरी किन्न २ लाख घर बनाउन ३ लाख उपलब्ध गराएर घर बनाएको भनिएपनि भूकम्पपछि जोखिमबस्ती केही मानिसले भने छाड्न मानेका छैनन् ।

 नागरिकको मानव अधिकार संरक्षणमा इन्सेकले भूमिका पुर्याएकोले मानवअधिकार कार्यान्वयनका लागि जनमैत्री कानुन निर्माण गरी  अघि बढ्नु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विकले बताए।

अधिवक्ता राधिका सापकोटाले मानवअधिकारको कुरा गर्दा पीडकलाई के सिधा दियो कस्तो ठाउँमा राखियो भन्ने गरिन्छ यसो नगरी पीडितको सुरक्षा संरक्षणमा सरकारले काम गर्नु पर्ने बताइन् । अदालतबाट मुद्दा जितेपछि त्यो भन्दा चर्को रुपमा मुद्दा कार्यान्वयनमा जाँदा भएकोले यस्तो खालको झन्झटीलो व्यवस्था अन्त्य गरी  नागरिकमैत्री प्रणाली अपनाउने विषयमा मानवअधिकारको वकालत गर्न र सरकारले पीडित मैत्री सुनुवाइ न्याय प्रणाली विकास गर्न आग्रह गरिन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले प्रहरीको थुनुवा कक्ष लगायतका प्रहरी अनुसन्धानको सबै क्षेत्र मानवअधिकार मैत्री भएको बताउँदै मानव अधिकारकर्मीसंग प्रहरीले सहकार्य गरेर काम गर्ने बताए ।