ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौँ ।

नेपाली बजारमा आज एकैदिन सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा बिहीबार एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम हुँदै कारोबारमा आएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।

बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी आज चाँदीको मूल्यमा समेत ठुलो गिरावट आएको छ । हिजो बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मू्ल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। । यो प्रतितोला ५५ रुपैयाँको गिरावट हो ।