अमेरिकी डलरको भाउ सामान्य बढ्यो, युरो घट्यो


काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी १ डलरको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

यसअघि बुधबार यसको खरिदमूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २१ पैसा कायम भएको थियो। अघिल्लो दिनको तुलनामा डलरको भाउ सामान्य बढेको छ ।  बिहीबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसाले घटेको हो । यसअघि बुधबार युरोको खरिददर १४५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो।  बेलायती पाउन्ड एकको खरिद मूल्य १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैङ्कले जनाएको छ। त्यसै गरी, बिहीबार अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा पाइन्छ। उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ६५ पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रुपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ। उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा कायम गरेको छ।

यसै गरी, बिहीबारका लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ११ र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।