कास्कीबाट आयो बालेनको गीत


नेपाली हिन्दूको पर्व तीज आउन एक महिनाभन्दा बढी समय बाँकी छ। तर, तीजलक्षित गीतहरूले तीज आँगनमै आइपुगेकको महसुस गराएको छ।

तीजका लागि हरेक वर्ष नयाँ गीत ल्याउँदै आएकी गीतकार चन्द्र्रावती वाग्लेले यस वर्षका लागि तीजका तीन गीत तयार पारेकी छन्। यस वर्ष उनले बालेन र देशभक्ति बोलका तीज गीत बजारमा ल्याइसकेकी छन् भने माइतीको झल्को ल्याउने तयारीमा छन्।

काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साहको नाममा उनले तयार पारेको गीत बालेन भिडियोसहित एक साताअघि सार्वजनिक भएको थियो। विभिन्न आठ टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन साहले थालेका विकास निर्माणबारे चर्चा गर्दै राम्रा काम सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ। काठमाडौंमा लुटिएका जमिनको सरकारीकरण र साँघुरा बाटा फराकिलो पारिएको गीतमा उल्लेख गरिएको छ ।

लुटिएका कयौं जमिन सरकारमा सार्दैछन्।
साँघुरा ती सडकपेटी चाक्ला पार्दैछन्।।

समाजका कथा, व्यथा र पीडालाई जीवन्त रूपमा आफ्ना गीतमार्फत प्रस्तुत गर्दै आएकी वाग्लेका अर्को गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चास“गै पछिल्लो समय देशको सीमा मिचिएकोलगायत विषय उल्लेख गरिएको छ।

उनका यी गीत उनकै युट्युब च्यानलबाट भिडियोसहित सार्जजनिक गरिएको हो। शब्द, स्वर र लय चन्द्रावती स्वयंको रहेको छ भने गीतको एरेन्ज कृष्ण पुनले गरेका छन्। गीतमा कोरस स्वररुपी सिञ्जाली र प्रतिमा विश्वकर्माको छ। गीतको भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुुण्डीराज ज्ञवालीले अभिनय गरेका छन्।