त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा


काठमाडाैं ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले प्रभावित भएको त्रिभुवन विमानस्थलको सेवा पुनः सञ्चालन भएको छ।

त्रिभुवन विमानस्थलका अनुसार दुर्घटनाग्रस्त जहाजको उद्धारकार्य सकिएसँगै विमानस्थलमा उडान र अवतरण सुरु भएको हो। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सुरु भएको हो। विमानस्थलका अनुसार दुर्घटनापछि विमान बंगलादेश र मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो।

यसबाहेक अन्य उडान डाइभर्ट नगरिएको हो। योसँगै चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्स, बैंककबाट आएको थाई एयरवेज र दिल्लीबाट आएको भुटान एयरलाइन्सको जहाज अवतरण भएको छ।