विमानस्थल बन्द भएपछि दर्जनौ उडान प्रभावित, विमानस्थलको यात्रु कक्ष भरिभराउ


काठमाडौं ।

सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु बन्द गरिएको कारण काठमाडौं आउन तयारीमा रहेका अन्तराष्ट्रिय विमानहरु आकाशमा होल्ड गरिएको छ ।

कतियप विमानलाई डाइभर्ड हुन निर्देशन दिइएको छ । विमानस्थल बन्द भएपछि भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलको यात्रु कक्ष भरिभराउ भएका छन । आन्तरिक बिमानस्थलको टर्मिनल भवनमा समेत यात्रुको चाप बढेको बिमानस्थल कार्यालयले जनाएको छ ।