सुशीलकोएक्सन अवतार


काठमाडौं ।

आगामी असोज ३ गते रिलिजमा आउने फिल्म आउट लः दफा २१९ को टिजर सार्वजनिक गरिएको छ। एक्सन प्रधान टिजरले नायक सुशील श्रेष्ठका लागि यो फिल्म विशेष बन्ने देखाएको छ।

होस्टल रिन्टर्स, सायद २, बादशाह जुट, कारखाना, लभ डायरीजजस्ता फिल्मका नायक सुशीललाई टिजरमा एक्सन अवतारमा प्रस्तुत गरिएको छ। विक्की महर्जनको लेखन तथा निर्देशन तथा अमित अग्रहरिको निर्माणमा निर्माणाधीन फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन्।

विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सहनिर्माता रहेको फिल्ममा चुल्ठेकाजीको द्वन्द्व निर्देशन, नवीन गुरुङको डीओपी र साहिल खानको सम्पादन रहेको छ।