कमलालाई वियोन्सेको खुल्ला साथ


एजेन्सी ।

यतिबेला अमेरिकामा राष्ट्रपतिको चुनावी माहोल चलिरहेको छ। डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा उत्रिएसँगै उनीहरूले आ–आफ्नो तरिकाले चुनावी अभियन अगाडि बढाइरहेका छन्।

यसैक्रममा ह्यारिसलाई हलिउड सेलिब्रेटीको समर्थन बढ्दै गएको छ। ह्यारिसलाई कार्डी बी, केटी पेरी, एरियाना ग्रान्डेलगायत हलिउड सेलिब्रेटीले समर्थन जनाएका छन्। यसैक्रममा पपस्टार बियोन्सेले ह्यारिसलाई चुनावी अभियानका लागि आफ्नो एलबम लेमोनेडमा समावेश फ्रिडम बोलको गीत बजाउन अनुमति दिएकी छन्। बियोन्सेले आधिकारिक रूपमा ह्यारिसको पक्षमा समर्थन नगरे पनि उनको चुनावी र्‍यालीभर आफ्नो गीत बजाउन अनुमति दिएकी छन्।

आधिकारिकरूपमा कहिल्यै रिलिज नगरिएको फ्रिडमले एल्बममा भने चर्चा बटुल्न सफल भएको थियो। यो गीत २०१६ मा बिलबोर्डको एक सय शीर्ष सूचीको ३५ नम्बरमा सूचीबद्ध भएको थियो।

यसअघि बियोन्सेले सन् २००० मा जो बाइडेन र ह्यारिसको पक्षमा खुलेरै समर्थन जनाएको सीएनएनले समाचारमा जनाएको छ। त्यस्तै, सन् २०१३ मा बाराक ओबामाको दोस्रो कार्यकालको शुभारम्भ र हिलारी क्लिन्टनको चुनावी र्‍यालीमा पनि बियोन्सेले सांगीतिक प्रस्तुति दिएकी थिइन्।

त्यस्तै, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले भने अश्वेत समुदायका मतदातालाई लक्षित गर्दै हिपहप संगीतको प्रस्तुतिलाई अघि सारेका छन्। अघिल्लो चुनावमा ट्रम्पलाई र्‍यापर कान्या वेस्टले खुलेर समर्थन गरे पनि अन्य सेलिब्रेटी उनको समर्थनमा देखिएका थिएनन्।