इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो


एजेन्सी ।

इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो।

पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो। पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ।