पेन्सलभेनियाबाट आयो रोधी घर


काठमाडौं ।

गीतकार विकास घले गुरुङले रोधी घर संस्कृतिमा नयाँ गीत रोधी घर ल्याएका छन्। गीत भिडियोसहित अमेरिकाको पेन्सलभेनियामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

गीतका गीतकार गुरुङले कला संस्कृतिको जगेर्नाका लागि गीत निर्माण गरेको बताए। दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ। कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको छ।

भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र विकास घले गुरुङले अभिनय गरेका छन् भने स्थानीय कलाकार कार्लइस गुरुङ, आमा समूह र ईन्ट्रा फाउन्डेसनका नृत्य प्रशिक्षार्थीले नृत्य गरेका छन्। विकासले नै निर्देशन गरेको भिडियोमा छायांकन पवन गौतमको छ। गीत रेड ओशियन युट्युबबाट सार्वजनिक गरिएको हो।