डिजाइनर बने विजेता


काठमाडौं ।

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनमा ६ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीबीच राजधानीमा सम्पन्न ड्रेस टु इम्प्रेस सिजन–१० ४ विधामा डिजाइनर विजेता भएका छन्।

पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू र माइथोलोकिल गार्डेन गरी ४ समूहमा विभाजित प्रतियोगितामा पारामेट्रिक प्यालेस विधातर्फ जिज्ञासा श्रेष्ठ विजेता बनिन्।

मेगलफोबिक शीर्षकको विधामा खुश्बु सेवा विजेता भइन्। त्यसैगरी क्यारिङ अवे इन डेजाभू विधामा सिलु बज्राचार्यले बाजी मारिन् भने माइथोलोजिकल गार्डेन विधामा ईन्द्रावती क्षेत्री विजेता बनिन्। चारैजना विजेतातलाई नगद पुरस्कार प्रदान गरिएको थियो। यो प्रतियोगितामा डिजाइनरहरू कुसुम पदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्र, सुष्मा सिंह, गायक उदय सोताङ र पत्रकार कृष्ण भट्टराई निर्णायक रहेका थिए।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा आईआईएफटीबाट फेसन डिजाइनिङ कोर्ष पूरा गरेका ७६ तथा त्यहा“बाट पासआउट भएका १ सयभन्दा बढी डिजाइनरलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। आईआईएफटीका प्रबन्धक निर्देशक फुपू तेन्जिङ शेर्पाले डिजाइनर विद्यार्थीको क्षमता अभिवृद्धिका लागि ड्रेस टु इम्प्रेस नियमितरूपमा आयोजना गरिएको बताए।

काठमाडौंको बागबजास्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङस“ग इन्टेरिय कोर्ष अध्यापन गराउ“दै आएको छ।