इतिहास झण्डै ११० वर्ष पूरानो, महानिरीक्षकको संख्या ३०


नेपाल प्रहरीको गठन

नेपालको शान्ति र सुरक्षा कायम गर्न अहम् भूमिका खेल्दै आएको नेपाल प्रहरीको इतिहास झण्डै एक सय १० वर्ष पुरानो छ । नेपाल प्रहरीमा हाल ८० हजारभन्दा बढी जनशक्ति कार्यरत् छन् । चन्द्रशमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लामा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गरिएको थियो । यद्यपी प्रहरीको प्रधान कार्यालयको स्थापना भने २००७ सालको क्रान्तिपछि सन् १९५१ (२००८ साल) तिर मात्र भएको हो । त्यसै बेलादेखि महानिरीक्षक (आईजीपी) को दरबन्दी कायम भयो र तोरण शमसेर राणालाई पहिलो महानिरीक्षकको रूपमा नियुक्त गरियो । त्यसयता नेपाल प्रहरीमा हालसम्म ३० जना महानिरीक्षक भैसकेका छन् ।

नेपाल प्रहरीका ३० महानिरीक्षक (आईजीपी) का नाम र समयावधी

१. तोरण शमशेर जबरा (२००७ चैत – २००७ चैत)

२. नर शमशेर जबरा (२००७ चैत – २०१० मंसिर)

३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर – २०१२ भदौ)

४. गोपाल शमशेर जबरा (२०१२ भदौ – २०१३ साउन)

५. पूर्णसिंह खवास (२०१३ साउन – २०१४ भदौ)

६. ढुण्डिराज शर्मा (२०१४ भदौ – २०१८ पुस)

७. पहलसिंह लामा ( २०१८ पुस – २०२३ असार)

८. रोमबहादुर थापा (२०२३ असार –२०२९ असार)

९. खड्गजीत बराल (२०२९ असार – २०३५ जेठ)

१०. दुर्लभकुमार थापा (२०३५ साउन – २०३९ जेठ)

११. दिलबहादुर लामा (२०३९ असार – २०४३ जेठ)

१२. हेमबहादुर सिंह (२०४३ असार – २०४७ जेठ)

१३. रत्न शमशेर जबरा (२०४७ असार – २०४९ फागुन )

१४. मोतीलाल बोहरा ( २०४९ फागुन – २०५३ माघ)

१५. ध्रुवबहादुर प्रधान ( २०५३ चैत – २०५४ मंसिर)

१६. अच्युतकृष्ण खरेल (२०५३ फागुन – २०५३ चैत÷२०५४ मंसिर –२०५७ असोज)

१७. प्रदीप शमशेर जबरा ( २०५७ असोज –२०५९ पुस)

१८. श्यामभक्त थापा ( २०५९ पुस – २०६३ भदौ)

१९. ओम विक्रम राणा ( २०६३ भदौ – २०६५ भदौ)

२०. हेमबहादुर गुरूङ ( २०६५ असोज – २०६५ फागुन)

२१. रमेशचन्द ठकुरी ( २०६५ फागुन – २०६८ जेठ)

२२. रविन्द्रप्रताप शाह ( २०६८ जेठ – २०६९ भदौ)

२३. कुवेरसिंह राना (२०६९ भदौ – २०७० कार्तिक)
२४. उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १– २०७३ फागुन २)

२५. दिनेशचन्द्र पोखरेल, निमित्त प्रहरी महानिरीक्षक अधिकार प्रत्यायोजनसहित

२६. प्रकाश अर्याल (२०७३ चैत देखि २०७४ चैत)

२७. सर्वेन्द्र खनाल (२०७४ चैत २८– २०७६माघ २७)

२७. ठाकुरप्रसाद ज्ञवाली (२०७६ माघ २८– २०७७ असार २३)

२८. शैलेश थापा (२०७७ असार २५ – २०७९ वैशाख १८)

२९. धिरजप्रताप सिंह (२०७९ वैशाख १८ – २०७९ चैत ९)

३०. वसन्तबहादुर कुँवर (२०७९ चैत ९ – हालसम्म)