गुरु पूर्णिमाका दिन भारतीय दूतावासमा कार्यक्रम 


काठमाडौँ।  
आषाढ पूर्णिमाको शुभअवसरमा काठमाडौँ स्थितभारतीय राजदूतावासले आइतबार विशेषकार्यक्रमको आयोजनाग¥यो । यस उत्सवमा नेपालका विभिन्न बौद्ध  सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागीता जनाएकाथिए ।  

 भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमाको रुपमा मनाउने गरिएको दूतावासले जनाएको छ ।,

 बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले  ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमापनिचिन्ने गरेको बताइएको छ । 

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेकाथिए । तत्पश्चातबौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो । 
कार्यक्रममा  नियोग उप–प्रमुखश्री प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्व माथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताउनुभयो । नियोग उप–प्रमुखले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताउनुभयो ।