करेन्ट लागेर एक जनाको मृत्यु


अमृत अर्याल 
स्याङ्जा। 

स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ५ चौर बस्ने ३२ वर्षीय शुशिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए  ।

 कार्कीलाई आफ्नो बोईलर कुखुराको फर्म सफा गर्ने क्रममा दिउँसो करेन्ट लागेर घाइते भएका थिए । घाइते कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।