विश्वभर भाइरल भएका गीतहरु (भिडियाेसहित)


कलाको कुनै भाषा हुँदैन भन्ने भनाइलाई चरितार्थ गर्दै समय समयमा विभिन्न भाषा र देशका गीत विश्वभर भाइरल भइरहेका हुन्छन् । भाषा नबुझे पनि त्यसको धुन वा संगीतका कारण ती गीत विश्वभरका संगीतप्रेमीबीच भाइरल हुने गर्छन् ।

आजको इन्टरनेट दुनियाँमा कुनै पनि गीत संगीत भाइरल हुन कठिन छैन। तर इन्टरनेटको जमाना शुरू हुनुभन्दा पहिले पनि देश, भाषा र भूगोलको सिमाना चिरेर संसारभर चर्चित भएका केही उदहारण यहाँ प्रस्तुत छन् ।

तपाईहरू तपाईंको आमाबाबुदेखि हालसम्मका गीत सुन्न र सुनाउन तथा हेर्न र देखाउनका लागि आफ्नो आमाबुवाको अगाडि तलको लिंकमा क्लिक गर्नुहोस् र कस्तो फिडब्याक पाउनुहुन्छ हामीलाई सामाजिक सञ्जालमार्फत जानकारी गराउनुहोस्।
ला बाम्बा (१९५८)
कलाकारः रिची भ्यालेन्स
देश: संयुक्त राज्य अमेरिका (मेक्सिकन रुट)
विधाः रक एण्ड रोल
युट्युब भ्युज: ४२ मिलियन
मेक्सिकन परम्परागत लोक गीत रक एण्ड रोल विधाको यो गीत विश्वभर निकै भाइरल बन्न पुग्यो। ला बाम्बा १९५० को दशकको अन्तमा एक महत्वपूर्ण सफलता प्राप्त गरेको ल्याटिन संस्कृति र संगीतलाई मूलधारको संगीतको मज्जाको संयोजन गरेको गीत हो।

लाम्बाडा (१९८६)
स्वर: लोलवा ब्राच (काओमा)
देशः फ्रान्स: ब्राजिल
विधा: ल्याटिन पप डान्स
युट्युब भ्युज: ६०४ मिलियन
काओमा ब्यान्डकी गायिका लालवाले गाएको लाम्बाडा बोलको गीत आकर्षक धुन र आकर्षक नृत्य शैलीका कारण अन्तरौष्ट्रिय रूपमा हिट भएको गीत हो। युरोप र ल्याटिन अमेरिकाभरका संगीत चार्टको शीर्ष स्थानमा पर्न सफल यो गीतको भिडियोमा समुद्र तटका आकर्षक र जीवन्त दृश्य प्रस्तुत गरिएको छ । यही मेलोडीमा बलिउड फिल्म घायलमा सोचना क्या जो भी होगा देखा जाएगा बोलको गीत दुरुस्तै रूपमा निर्माण गरिएको छ र यो पनि हिट नम्बरमा पर्दछ । यस हिट गीतकी गायिका लोलवा सन् २०१७ मा ब्राजिलमा एक जलेको कारमा मृत अवस्थामा फेला परेकी थिइन् ।

स्याडनेस भाग १ (१९९०)
स्वर:एनिग्मा
देश:जर्मनी-रोमानिया
विधा: न्यु एज
युट्युब भ्युज: ११६ मिलियन
गायक एनिग्माको स्याडनेस पार्ट १ ग्रेगोरियन भजनलाई इलेक्ट्रोनिक बिटमा ढालेर निर्माण गरिएको गीत हो। जसले विश्वभरका स्रोतालाई मोहित गरेको थियो। गीतले युरोपभरिको चार्टमा शीर्ष स्थान हासिल ग¥यो भने पुरातन र आधुनिक संगीत प्रदर्शन गर्दै न्युएज विधालाई परिभाषित गरेको थियो। गीतले भाषाका अवरोध पार गर्दै र विश्वव्यापी मञ्चमा विविध संस्कृतिलाई एकसाथ ल्याउन संगीतको शक्ति कस्तो हुन्छ भन्ने उदहारण प्रस्तुत गरेको थियो।

दीदी (१९९२)
स्वर:खालिद
देश: अल्जेरिया
विधा: राई
युट्युब भ्युज:५० मिलियन
लोकप्रिय गायक खालिदले गाएको दीदी बोलको गीतले राई संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनायो। आकर्षक बिट र आधुनिक पपका साथ परम्परागत अल्जेरियन ध्वनि संयोजनको साथ यस गीतले युरोप र मध्यपूर्वमा धेरै लोकप्रियता प्राप्त गरेको थियो । यो त्योबेला पार्टी र क्लबमा बज्ने मुख्य गीत बनेको थियो।

माकारिना: १९९३
स्वर: लस डेल रियो
देश: स्पेन
विधाः ल्याटिन पप डान्स
युट्युब भ्युज:२८६ मिलियन
ल्याटिन पप विधामा आधारित यस गीतको डान्स क्रेज तुफान जसरी फैलिएको थियो। गीतको सरल, सहज र संक्रामक नृत्य चाल तथा उत्साहित धुनका कारण यो गीत रोजाइको पार्टी गीत बन्न सफल भयो। यो गीत बिलबोर्ड हट १०० मा प्रभावशाली गीतको रूपमा ४ हप्तासम्म अटाउन सफल भएको थियो ।

द केचअप संङ्ग (असेरेजे) (२००२)
देश: स्पेन
स्वर: लस केचप ब्यान्ड युट्युव भ्युज: ३४५ मिलियन
लस केचपको यो विचित्र र उत्साहपूर्ण गीत यसको संक्रामक कोरस र सजिलै पछ्याउन सकिने नृत्यको लागि, विश्वव्यापी रूपमा भाइरल बन्यो । स्पेनिस पप समूह लास केचअपद्वारा रेकर्ड गरिएको गीत उनीहरूको पहिलो एल्बम हिजास देल टोमाटको प्रमुख एकल गीत थियो। युरोप फुजनलाई हिट बनाएको यो गीत स्पेन, पोर्चुगल, कोलम्बियासँगै बेलायत, इटाली, ग्रीस, फ्रान्स, फिनल्यान्ड, टर्कीलगायत देशको उत्कृष्ट चार्टमा अटाउन सफल भएको थियो।

ग्याङ्नम स्टाइल (२०१२)
कलाकार: साई
देश: दक्षिण कोरिया
विधा: के–पप डान्स
युट्युव भ्युज: ५.२ बिलियन
दक्षिण कोरीयाली गायक साईको अनौठो र ऊर्जावान् नृत्य ट्रयाकका कारण भाइरल बनेको यो गीतले युट्युबमा एक बिलियन भ्युज पुग्ने पहिलो भिडियोको रेकर्ड बनाएको थियो। कोरियाको सियोलस्थित ग्याङनम जिल्लाको नाममाथि तयार पारिएको यस गीतले निकै लोकप्रियता पाएको थियो।

डेस्पासितो : २०१७
स्वर कलाकार: लुइस फोन्सी र ड्याडी यान्की
देश: पोर्टो रिको
विधा: रेगेटन, ल्याटिन पप
युट्युव भ्युज: ८.४ बिलियन
यो गीत पनि विश्वव्यापी रूपमा गीत संगीतका विभिन्न चार्टमा हाबी भयो। यसले केही वर्षसम्म सबैभन्दा बढी हेरिएको भिडियोको स्थान ओगटिरह्यो । मिठो लय र स्मरणीय धुनले यो गीतलाई विश्वव्यापी बनाइदियो।

काम डाउन (२०२२)
स्वर: रेमा र सेलेना गोमेज
देश: नाइजेरिया-संयुक्त राज्य अमेरिका
विधा: अफ्रोबिट्स, पप
युट्युब भ्युज: ९१६ मिलियन
यो गीतको मनमोहक धुनले अफ्रोबिट्स पपलाई दू्रत गतिमा विश्वव्यापीरूपमा शीर्ष चार्टमा उकाल्यो । गीतले सामाजिक सञ्जालमा सनसनी मच्चायो भने स्पोटिफाई र युट्युबजस्ता प्लेटफर्ममा लाखौंपटक स्ट्रिम भएको थियो।