राप्रपा संसदीय दलको बैठक बस्दै


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने उनले बताए । राप्रपाको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थिय