४५ दिनमा सकियो एक्टर


काठमाडौं ।

फिल्म एक्टरको छायांकन सम्पन्न भएको छ। पोखरामा १० दिनको सेड्युल पूरा गरी काठमाडौंमा ३५ दिन छायांकन गरिएस“गै फिल्मको एउटा गीतबाहेकको छायांकन सकिएको निर्माता थमनकुमार भण्डारीले जानकारी गराएका छन्।

राजन भुसालको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतले अभिनय गरेका छन्।

अदृत फिल्म्स्को प्रस्तुति र मोती फिल्म्स्को ब्यानरमा निर्माणाधीन फिल्म दशैंतिहारको अवसर पारेर रिलिज गरिने जनाइएको छ।