करिना कपुर अझै संघर्षमै


एजेन्सी ।

बलिउड अभिनेत्री करिना कपुरले पछिल्लो समय फिल्मका लागि महंगो पारिश्रमिक लिने गरेको चर्चा छ। फिल्म रिफ्युजीबाट बलिउड फिल्म नगरीमा पाइला राखेकी करिनाले कभी खुशी कभी गम, जब वी मेट, थ्री इडियड्सजस्ता हिट फिल्म दिएकी छन्।

दुई दशकको फिल्मी यात्रामा अझै पनि पारिश्रमिकका लागि संघर्ष गरिरहेको करिनाले बताएकी छन्। करिना बलिउडमा धेरै पारिश्रमिक लिने अभिनेत्रीमध्येमा पर्छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी एक फिल्मका लागि १० देखि १५ करोडसम्म पारिश्रमिक लिने गर्छिन्। हुन त यो पारिश्रमिक अभिनेताहरूको भन्दा कयौं गुणा कम हो

‘हुन त म पैसा हेरेर फिल्म खेल्दिनँ। यदि कुनै भूमिका मन पर्यो भने म कम पैसामै काम गरिदिन्छु,’ करिनाले द विकसँगको कुराकानीमा आफूले लिने पारिश्रमिक आफ्नो मुडअनुसार निर्धारण हुने जनाउँदै उनले भनेकी छन्।

अभिनेत्रीहरूले आफ्नो भूमिकाअनुसार पारिश्रमिक पाउन आफूले आजसम्म संघर्ष गर्दै आएको उनले बताएकी छन्। ‘म आफ्नो पारिश्रमिकका लागि आजसम्म संघर्ष गर्दैछु। म आज पनि आफ्नो पतिको घरमा बसेर अन्तर्वार्ता दिँदैछु,’ उनले भनेकी छन्। करिना पछिल्लोपटक फिल्म संघम अगेनमा देखिने भएकी छन्।