शिवको धोकेबाज


काठमाडौं ।

गायक शिव परियारको स्वरमा नयाँ गीत धोकेबाज सार्वजनिक गरिएको छ। रविन लामिछानेको शब्द रचना रहेको गीतमा युवराज मगरको संगीत छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर छ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माले अभिनय गरेका छन्। आश्मा र ओबीको जोडीलाई दर्शकले कट्टा हान्दिन्छु गीतमा रुचाएका थिए। भिडियोमा मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ