आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।