लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५‘आई’ नेपालको डिस्ट्रिक्ट पदाधिकारी पदस्थापन समारोह सम्पन्न 

डिस्ट्रिक्ट ३२५ आईले २० दिनमा २० क्लब चार्टर

154
Shares

काठमाडौँ  । 

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५‘आई’ नेपालको डिस्ट्रिक्ट पदाधिकारी पदस्थापन समारोह एवं पहिलो क्याबिनेट मिटिङ शनिवार काठमांडौंमा सम्पन्न भएको छ।

डिस्ट्रिक्ट पदाधिकारीहरुलाई लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकाटीले पद तथा गोपनियताको सपथ खुवाई पदस्थापित गराएको डिस्ट्रिक्टका पिआरओ इन चिफ एवं पदस्थापन समारोहका संयोजक विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि निर्देशक वालकृष्ण वुर्लाकोटीले लायन्सका अन्तराष्ट्रिय प्रेसिडेन्ट फोब्रिसियो वलिभेराले यस वर्ष अघि सारेको ‘मिसन १.५’ लाई सफल बनाउन सदस्यता बद्धि अभियान सफल बनाउन डिस्ट्रिक्ट ३२५ आई सक्षम रहेको जनाउ दिए । सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रमका की नोट स्पिकर नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाले सामाजिक काम र नेतृत्व हस्तान्तरणको क्षेत्रमा लायन्सबाट समाजले शिक्षा लिनुपर्ने बताउँदै लायन्सले समाजमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।

थापाले अहिलेको अर्थतन्त्र र चुनौतीका विषयमा आफ्नो धारणा राख्दै हाल बजारमा आएका हल्ला हल्ला मात्रमा सीमित रहेको बताए । विदेशी मुद्रा सञ्चितिको अवस्था देशको आयतलाई १४/१५ महिनासम्म धान्न सक्ने स्थितिमा रहेको कुरालाई सकरात्मक मान्नु पर्ने बताउँदै नेपालले समृद्धिको यात्रा सुरु गरिसकेको छ सकरात्मक सोचका साथ अगाडि बढ्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा लायन्सका अन्तर्राष्ट्रियका एलसिआइसफ एरिया लिडर राजन लम्साल, जिएलटी एरिया लिडर खगेन्द्र सिटौला, डिस्ट्रिक्ट ३२५ एस का डिस्ट्रिक्ट गभर्नर विमलकुमार होडा, निवर्तमान डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीलगाएतले डिस्ट्रिक्ट ३२५ आई नेपालले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउदैलायन वर्ष २०२४/२५ का डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा डिस्ट्रिक्ट गभर्नर ढुंगानाले डिस्ट्रिक्ट ३२५ आई नेपाल सेवा, योगदान, सदस्यता वृद्धिमा सधैँ अब्बल हुने दाबी गर्दै कार्यकाल सुरूवातको दिनबाटै अपेक्षित लक्ष्य प्राप्त गर्दै गइरहेको बताए । कार्यक्रममा डिस्ट्रिक्टका विभिन्न पदमा रहेर उत्कृष्ट कार्यगर्ने लायन्स क्लबहरू तथा विभिन्न क्लब र डिष्ट्रिकका पदाधिकारीलाई विभिन्न शीर्षकमा पुरस्कार प्रदान गरिएको थियो ।

गभर्नर ढुंगानाले २० दिनमा २० क्लब चार्टर गर्नमा सहयोग पुर्‍याउने क्लब अध्यक्ष, स्पोन्सर क्लबका अध्यक्ष र धेरै क्लब चार्टर गर्ने क्लबलाई सम्मान गरिएको थियो । दुई दिन अघि मात्र अन्तराष्ट्रिय प्रेसिडेन्ट फोब्रिसियो वलिभेरा मार्फ़त प्राप्त बल धेरै क्लब चार्टर गर्ने क्लब काठमाडौँ टेम्पल गणेशलाई ढुंगानाले हस्तान्तरण गरेका थिए ।

उनले मानवता पहिलो प्राथमिपता’को नारालाई कार्यान्वयन गर्न आर्थिक रुपमा क्लबलाई सक्षम तुल्याउन रलायनहरुलाई क्लवले प्रदान गर्ने मानविय सेवामा लाग्नको लागि आकर्षित गर्नु पर्ने खाँचो औँल्याए।अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मीयता नारालाई वर्ष भरि नै प्राथमिकतामा राखेरकार्य गर्ने जनाए ।

सम्पुर्ण लायन्सहरुको अदम्य साहस र सहयोगबाट नयाँ ऊर्जाका साथ यस डिस्ट्रिक्टलाई सफल डिष्ट्रिक्टकोरुपमा लायन्स अन्तर्राष्ट्रियमा स्थापित गराउन आफू दृढ रहेको बताए ।

उनले भने हिजोका दिनमा जस्तै सबैको साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको पनि बताए साथै यसबर्षको डिष्ट्रिक्टको नारा ह्युमानिती फस्ट ‘मानवता पहिलो प्राथमिकता’ लाई ह्दयगम गर्दै नयाँ ढंगले मानवसेवाका कार्यमा अत्यन्त उत्साह, हौसला साथ लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन मनबहादुर रोका, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, पूर्व डिस्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, इन्दु लम्साल कार्यक्रमका संयोजक विष्णु भण्डारी, रजिस्ट्रेसन उपसमिति संयोजक सन्दीप क्षेत्री पराजुली लगायतले बोलेका थिए ।

कार्यक्रममा ३२५ आई नेपालका क्याबिनेट अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथाक्लबका सदस्यहरु सहित करिब १ हजार बढी लायन सदस्यहरु सहभागी भएको क्याबिनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए ।

पहिलो क्याबिनेट बैठकको संयोजन काठमाण्डौ स्थित क्लबहरु लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, काठमाडौँ मध्य शहर, काठमाडौँ तारकेश्वर प्लानेट, काठमाडौँ समर्पण, काठमाडौँ तारकेश्वर, काठमाडौँ सामाखुशी, काठमाडौँ टेम्पल गणेश, काठमाडौँ गुलमोहर टाइकुन, काठमाडौँ भृकुटी, काठमाडौँ टेम्पल पिसकाभ्रे र काठमाडौँ निलगिरीले संयुक्त रूपमा गरेका थिए ।

डिस्ट्रिक्ट ३२५ आईले २० दिनमा २० क्लब चार्टर

लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालले कार्यकाल सुरूवातीको २० दिन मै २० क्लब चार्टर गर्न सफल भएको छ । लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको डिस्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं प्रथम क्याविनेटमिटिङ उद्घाटन समारोहबीच सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले उक्त कुरा बताएका हुन् ।

यस अघि बिहीबार काठमांडौंमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फोब्रिसियो वलिभेराको सम्मानमा आयोजित एक कार्यक्रममा १८ दिनमा १८ गोल गर्न सफल भएकोमा ‘हाईएस्ट क्लव चार्टड’ अवार्डबाट गभर्नर ढुंगानालाई सम्मान गरिएको थियो ।

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फोब्रिसियो वलिभेराले १८ दिनमा १८ गोल गर्न सफल भएकोमा सिम्बोलिक रूपमा फुटबल हस्तान्तरण गरी सम्मान गरेका थिए ।