ललितपुर– ३ ले अब व्यावसायिक सीपसँगै उपकरणहरु सस्तोमा बनाइदिने


ललितपुर।

ललितपुर महानगरपालिका–३ वडाले घरघरमा प्रयोग गरिने विभिन्न उपकरणहरु बिग्रिएमा अब सहुलियत दरले मर्मत गरिदिने भएको छ ।
त्यसका लागि वडाले ठाडो ढुंगामा तीन तल्ले भवन बनाएको हो।वडा स्वास्थ्य कार्यान्वयन समितिको तत्वावधानमा निर्मित सो भवनलाई ‘हाम्रो घर’नामाकरण गरिएको छ । भवनको पहिलो तल्लामा राईसकुकुर, फ्रिज, पानी तान्ने मेसिन, पंखा, ग्यासबाट खाना पकाउने चूल्हो लगायत सामग्रीहरु बिग्रिएमा सहुलियत दरमा मर्मतका लागि प्रयोगमा ल्याइने वडा कार्यालयले जनाएको छ । त्यससंगै व्यावसायिक सीप तालिम सञ्चालन गरिने छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी) बाट दिइने विविध तालिमहरु मध्ये मागका आधारमा तालिम दिइने वडाअध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए। 

दोस्रो तल्लामा स्वास्थ्य क्लिनिक र तेस्रो तल्लामा योगा कक्षा सञ्चालन गरिने छ।कौशीमा चिसो पानीसंगै सोलारबाट तातो पानीमा नुहाउने समेत व्यवस्था मिलाइएको छ ।त्यसैगरी दोस्रो तल्लामा सरकारी अस्पतालको दरमा स्वास्थ्य सेवा प्रदान गरिने पनि वडाले जनाएको छ भने तेस्रो तल्लामा हरेक तीन, तीन महिनामा नियमित योग कक्षा सञ्चालन गरिने छ । कौशीमा चिसो पानीसंगै सोलारबाट तातो पानीमा नुहाउने समेत व्यवस्था मिलाइएको छ।

शनिबार एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो भवनको शुभारम्भ गरे। सो अवसरमा मेयर महर्जनले १ देखि २९ वडाहरुमध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने, डिजिटल प्रविधि र सेवाप्रवाह सम्बन्धी नयाँ नयाँ सोच प्रयोग गर्दै आएकोले ललितपुर – ३ वडा अब्बल वडा रहेको बताउनुभयो।

सो अवसरमा मेयर महर्जनले जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर ललितपुर – ३ बाट पाठ सिकेर व्यवहारमा प्रयोग गर्न पनि अरु वडाअध्यक्षलाई आग्रह गरे। सो अवसरमा रोबर्ट बडापत्र समेत शुभारम्भ गरिएको थियो। रोबर्टलाई आफूलाई चाहिएको सेवाको लागि कुन कुन कागज चाहिन्छ भनेर सोधेमा रोबर्टले खरखर यो यो कागज भनेर जवाफ दिने रोबर्ट बडापत्र देखेर मेयर महर्जन निकै प्रभावित प्रभावित भए।

समारोहमा वडाबासी समेत रहेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाले सञ्चालनमा ल्याएको व्यावसायिक सीप तालिम केन्द्र शिक्षालाई सीपसंग जोड्ने राष्ट्रिय नीतिको एउटा ठोस उदाहरण रहेको धारणा राखे ।अर्का वडावासी एवंम पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा, स्वास्थ्य र सेवाप्रवाहमा ललितपुर – ३ देशकै एउटा अनुकरणीय वडा रहेको बताए।