तिते करेलीमा अमिलो ट्वाक्क


काठमाडौं ।

गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वरमा मौलिक तीज गीत तिते करेलीमा अमिलो ट्वाक्क सार्वजनिक गरिएको छ।

गीतमा शब्द रचना र संगीत प्रमोद भुषालको छ भने संगीत संयोजन कृष्ण बाजुराली र हुकलाइन लेक कुमारी भुषालको रहेको छ। गीतको भिडियोमा गायिका सुष्मा बीसी, मोडल नारायणी खत्री, संचिता बोलाखे, उमराज थापालगायतले अभिनय गरेका छन्।

प्रविन थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियो प्रमोद भुषालको युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।