गोर्खा वारियर अब कोरियामा कोरियन भाषामै


काठमाडौं ।

गत ११ फागुनमा नेपालमा रिलिज गरिएको फिल्म गोर्खा वारियर अब कोरियामा रिलिज हुने भएको छ। वीर गोरखकालीको वीर गाथा विदेशीलाई पनि देखाउने योजनाअनुरुप कोरियामा फिल्म रिलिज गर्न कोरियन भाषामा तयार पारिएको छ।

मिलन चाम्सद्वारा निर्देशित फिल्म नेपाली भाषामा नेपालमा रिलिज गरिएपछि अन्य विभिन्न भाषामा विदेशमा रिलिज गर्ने क्रममा गोरखा वारियरलाई कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले कोरियोमा प्रदर्शन गर्न लागेको हो।

‘ गोर्खा वारियर सात वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले लिएको छ। यसलाई पूर्णरूपमा कोरियन भाषामै डबिङ गरी रिलिजका लागि सो कम्पनीले कोरियन भाषामै फस्ट लुक्स पोस्टर बनाएर सार्वजनिक गरेको छ,’ निर्देशक चाम्सले जानकारी गराए, ‘अब गोर्खा वारियर कोरियाका सिनेमा हलमा रिलिज गरिनेछ। सिनेमा हलपछि त्यहा“का टेलिभिजन च्यानलहरूमा पनि रिलिज गरिनेछ। सम्भवतः यसरी नेपाली चलचित्र पहिलोपटक कोरियन भाषामा स्वराँन गरेर तयार पारिएको हो।’

फिल्म नेपालीसँगै अँग्रेजी भाषामा पनि निर्माण भइसकेको छ। हिन्दीबाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनेकाले गोर्खा वारियर सात वर्षसम्म युट्युबमा रिलिज नहुने पनि निर्देशक चाम्सले जानकारी गराए।

रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर वाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा गीत शैलेन्द्र खनाल ‘शरद’, संगीत एलिस कार्की, गायन राजेशपायल राई द्वन्द्व हिमाल केसी, छायांकन निर्देशन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठको रहेको छ।