उर्वशीको भिडियो भाइरल


एजेन्सी ।

बलिउड अभिनेत्री उर्वशी रौतेला अभिनेत्री उर्वशी रौतेला बेलाबेलामा केही न केही विवादका कारण चर्चामा रहन्छिन्। उनी एकपटक फेरि सामाजिक सञ्जालमा लिक भएको भिडियोका कारण विवाद र चर्चामा छिन्।

सामाजिक सञ्जालमा लिक भएको भिडियो भारतका चर्चिच पापाराजीसहित केही व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्। भिडियोमा उर्वशी शयनकक्षमा आफूले लगाएको कुर्ता उतारिरहेकी देखिन्छिन्।

भिडियोमा उनी सुरुवातमा शयनकक्षमा प्रवेश गर्छिन् र रुमाल टाग्छिन्। त्यसपछि आफूले लगाएको कुर्ता फुकाल्न लाग्छिन्। उनको वस्त्र पेन्टभन्दा माथि पुगेपछि सो भिडियो बन्द हुन

भिडियोमा उर्वर्शीले गलामा मंगलसुत्रसमेत लगाएको देखिन्छ। भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उर्वशीको यो किसिमको हर्कतको विरोध गरेका छन्।

धेरैले सस्तो लोकप्रियताका लागि उर्वशी आफैँले यस्तो गरेको तर्क गरेका छन्। सो भिडियो उर्वशीको सामाजिक सञ्जालबाट नभई अन्य वक्तिले अपलोड गरेका कारण केहीले भने भिडियो नक्कली हुनसक्ने बतँएका छन्। भिडियोबारे यति धेरै चर्चा हुँदा पनि उर्वशी मौन छिन्।