संगीतकर्मीलाई छिन्नलता पुरस्कार


गीतकार रमोलादेवी शाह छिन्नलताको १०२औं जन्मजयन्तीको अवसरमा छिन्नलता गीत पुरस्कार गुठीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान पुर्‍याउने सर्जक तथा कलाकारलाई पुरस्कार प्रदान गरेको छ।

बुधबार राजधानीमा आयोजित ४२औं छिन्नलता पुरस्कार सर्मपण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ र २०८० गरी दुई वर्षको छिन्नलता पुरस्कार प्रदान गरेका हुन्। २०७९ सालको छिन्नलता गीत पुरस्कारबाट गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कृत गरिएको छ।

त्यसैगरी, २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवातर्फ गायक भुपू पाण्डेलाई पुरस्कार प्रदान गरिएको छ। छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशी जनही एक लाख रुपियाँ रहेको छ भने युवा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको