डिजे एक्स्पोका लागि आह्वान


काठमाडौं ।

संगीत र मनोरञ्जन क्षेत्रको सबैभन्दा ठूलो डिजे प्रदर्शनी यस वर्ष पनि भारतको दिल्लीस्थित प्रगति मैदानमा हुने भएको छ।
आगामी साउन २४ देखि २६ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका संगित, मनोरञ्जन र डिजेमा अभिरुची राख्ने व्यक्ति तथा संस्थालाई आमन्त्रण गरिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिजे एक्स्पोका संयोजक म्यानुएल डायसले प्रदर्शनीमा भारतका साथै नेपालबाट पनि सहभागिताका लागि आह्वान गरे।

प्रदर्शनीमा दुई सय ५० भन्दा बढी ब्रान्ड सहभागी हुँदैछन्। एक्स्पोमा लाउडस्पिकर, स्पिकर कम्पोनेन्ट, एम्पलिफायर, डिजे उपकरण, लेजर, प्रकाश, एलइडी स्क्रिनका विशेष प्रकारका उपकरण, केबल, कनेक्टर र स्पिकरलगायत उपकरण प्रर्दशन गरिनेछ।

यस वर्षको डिजे एक्सपोमा ३० हजार बढी उद्योगी व्यवसायी सहभागी हुने आसा गरिएको आयोजक संस्थाका मनीष पाण्डेले बताए।