रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु

238
Shares

काठमाडौं ।

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीन  बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन्।

बाढीले घर बगाउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन्। उनीहरूको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।