यस्तो छ तपाईंको आजको राशिफल

3.9k
Shares

मेष : दिन रमाइलो छ। मनमा काम गर्ने उत्साह बढ्नेछ। मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ। साथी र बन्धुको सहयोग मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : अफ्ना मान्छेले सहयोग गर्नेछन्। जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। शुभ खबरले मन खुशी हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

मिथुन : समाजबाट सम्मान प्राप्त हुनेछ। दैनिक काममा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता हात पर्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
श्रमको उचित मूल्यांकन हुनेछ।

कर्कट : दिन सामान्य छ। दैनिकीमा समस्या हुनसक्छ। आफू कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्तीले सताउने योग छ। गोपनीयता भंग हुँदा झन्झट भोग्नुपर्ने हुनसक्छ।

सिंह : सामाजिक प्रतिष्ठा कमाउने समय छ। ठुलो कामको सुरुवात हुनेछ। परिवारबाट सन्तोष प्राप्त हुनेछ।क्षमता देखाएर अरुलाई प्रभावित पार्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आकर्षक बन्न मन लाग्नेछ। यात्राको योग छ। विशेष गरेर धार्मिक यात्रामा निस्कने अवसर मिल्नसक्छ। नयाँ योजना बन्नेछ। साहित्यिक सिर्जनामा मन जानेछ।
ठुलो लगानी भने नगर्नु राम्रो हुन्छ।

तुला : समाजसेवाको अवसर मिल्नेछ। परोपकारमा मन जाने दिन छ। न्यायको क्षेत्रमा सफलता मिल्नेछ। न्याय मिल्ने छ। साथीको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : मन अशान्त हुने योग छ। लगानीमध्ये जग्गाको कारोबारबाट फाइदा हुनेछ। धेरै समस्या एकसाथ आइपुग्ने भएकाले सचेत र धैर्य हुनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा हौसला बढ्नेछ।

धनु : विश्वास गरेका पात्रले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह थप्नेछ। अधुरो काम बन्नेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ।

मकर : सामान्य सहयोग ठुलो बन्नेछ। गुरुबाट उचित सल्लाह प्राप्त नहुँदा मनमा खटपटी बढ्नेछ। वैदेशिक लगानीमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। अहिले ठुलो लगानी गर्दै नगर्नु उचित हुन्छ।

कुम्भ : मन उदास बन्नेछ। व्यवारहारमा झन्झट बढ्नेछ। आफन्तले गलत सुझाव दिने देखिन्छ। धार्मिक कार्यमा संलग्न हुँदा मन खुशी हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मन अशान्त हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। नसोचेको ठाउँमा खर्च हुनेछ। ठुला र बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।