कांग्रेसबाट को को बन्दै छन् मन्त्री ?

1.2k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुङ्गिएको छ। कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदै छ। उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ। त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ।

त्यसै गरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन्। त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ। सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसङ्ख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ।

जसमा तेजुलाल चौधरीको पनि नाम टुङ्गो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरू प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ। यी चार मध्ये दुईको नाम टुङ्गो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ।